२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

२०२२ विश्वकपमा जापान कोस्टारिकासँग पराजित !

मंसिर ११, काठमाडौं : एसियाली देश जापान कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो खेलमा कोस्टारिकासँग पराजित भएको छ ।

समूह ‘ई’ अन्तर्गत अहमद विन अली स्टेडियममा आइतबार भएको खेलमा जापान कोस्टारिकासँग १–० गोलले पराजित भयो । प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन केसर फुलर स्पेन्सेले निर्णायक गोल गरे ।

केसरले ८१औँ मिनेटमा यल्टसिन तेजेडाको पामसा गोल गरेका थिए । पहिलो हाफमा औसत खेल प्रदर्शन गरेको जापान दोस्रो हाफको अन्तिममा सम्हालिन नसक्दा हार खेप्न बाध्य भयो ।
पहिलो जितसँगै दुई खेलबाट तीन अङ्क बनाएको कोस्टारिका तेस्रो स्थानमा छ ।

समान तीन अङ्क बनाएको जापान दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको स्पेनको एक खेलबाट तीन अङ्क छ । अन्तिममा रहेको जर्मनी अङ्कविहीन छ । आजै समूहको शीर्षस्थानमा रहेको स्पेन र जर्मनीबीच आजै (आइतबार) राति १२:४५ बजे प्रतिस्पर्धा हुनेछ ।

२०७९ मंसिर ११, आईतवार प्रकाशित 0 Minutes 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।