२०८० फाल्गुन ११ शुक्रबार
  • काठमाडौँ

पाेर्चुगलले घानालाई ३-२ गाेल अन्तरले हरायो, रोनाल्डोको कीर्तिमान !

नोभेम्बर २५, दोहा : फिफा विश्वकप २०२२ मा पाेर्चुगलले विजयी सुरुवात गरेकाे छ । घानालाई ३-२ गाेल अन्तरले हराउँदै पाेर्चुगलले जित हात पारेकाे हाे ।

बिहिबार राति कतारकाे ९७४ रंगशालामा भएकाे खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियाे । पहिलो हाफको खेल भने गोलरहित बराबरीमा टुंगियाे ।

यस्तै पाेर्चुगलका डेब्यु खेलाडी जाेआ फेलिक्स र राफाल लियाेले दुई मिनेटभित्र १/१ गाेल गरे । ७८ मिनेटमा फेलिक्सले र ८० मिनेटमा लियाेले गाेल गरेका थिए ।

यस्तै, खेलको ७३ औं मिनेटमा घानाका आन्द्रे एयुले र अन्तिम सयमयमा घानाका ओस्मान बुकारीले १/१ गाेल गरेका थिए ।
याे जितसँगै समूह एच को पोर्चुगलले पहिलाे खेलमा तीन अंक जोडेको छ । साथै समूहकाे शीर्ष स्थानमा रहेको छ । यस्तै पुछारमा रहेको घानाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।

राेनाल्डाेकाे कीर्तिमान

याे खेलमा गाेल गरेसँगै राेनाल्डाेले अर्काे विश्व कीर्तिमान बनाएका छन् । उनले लगातार पाँच विश्वकपमा गाेल गर्ने खेलाडीकाे कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए । २००६ राेनाल्डाेकाे पहिलाे विश्वकप थियाे ।

२०७९ मंसिर ९, शुक्रबार प्रकाशित 1 Minute 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।