२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

चार पटकको च्याम्पियन जर्मनीलाई जापानले २-१ गोलले हरायो !

मंसिर ७, काठमाडौं : जापानले विश्वकप फुटबलमा ऐतिहासिक जित हात पारेको छ । समूह ‘ई’ मा जर्मनीलाई जापानले २–१ गोलअन्तरले पराजित गरेको छ ।

चार पटकको च्याम्पियन जर्मनीले खेलमा एकमात्र गोल गरेपछि हार बेहोरेको हो । टोलीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । त्यसपछि भएको दोस्रो हाफको खेल जापानले पूर्णरुपमा परिवर्तन गरेको थियो ।

जापानका लागि रित्सु डोआनले ७५ औं मिनेटमा र ताकुमा असानोले ८३ औं मिनेटमा गोल गरे । त्यसअघि खेलको ३३ औं मिनेटमा एलकाई गुन्डोआनले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

विश्वकपमा दुई दिनमै एसियाका दुई टिमले जितहात पारेका छन् । मंगलबार भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ गोलअन्तरले पराजित गरेको थियो । उक्त खेलमा पनि अर्जेन्टिना पहिलो हाफमा १–० ले अगाडि थियो ।

दोस्रो हाफमा साउदी अरेबियाले २ गोल फर्काउदै खेल उल्टाएको थियो । आज पनि जापानले दोस्रो हाफको खेल उल्टाएको थियो ।

जर्मन टोली अब विश्वकपको पहिलो चरणबाटै बाहिरिने त्रासमा छ । यसअघि सन् २०१८ को विश्वकपमा टोली पहिलो चरणबाटै बाहिरिएको थियो । उसले पहिलो खेलमा मेक्सिको र तेस्रो खेलमा एसियाली टोली दक्षिण कोरियासँग हार ब्योहोरेको थियो । जर्मनीले स्वीडेनवि-रुद्धको खेलमा मात्र जित हात पारेको थियो ।

२०७९ मंसिर ७, बुधबार प्रकाशित 1 Minute 63 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।