२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

२०२२ कतार विश्व कपमा इङ्ग्ल्यान्डले इरानलाई ६–२ गाेलले हरायाे !

मंसिर ५, काठमाडौ : फिफा विश्व कपकाे दाेस्राे खेलमा इङ्ग्ल्यान्डले इरानलाई फराकिलाे गाेल अन्तरले हराएकाे छ । आज साेमवार खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएकाे

खेलमा इङ्ग्ल्यान्डले इरानलाई छ–दुई गाेल अन्तरले हरायाे ।
इङ्ग्ल्यान्डका लागि जुडे बेलिङ्घमले खेलकाे ३५ औँ मिनेटमा गाेल गर्दै टाेलीलाई अग्रता दिलायाे ।

यस्तै बुकायाे साकाले ४३ औँ र ६२ औँ मिनेटमा गाेल गरे । यस्तै रहीम स्टर्लिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरे । यस्तै मार्कस रशफाेर्डले ७१ औँ र ज्याक ग्रेलिशले ८९ औँ मिनेटमा गाेल गरे ।

इरानका लागि मेहदी तरेमीले खेलकाे ६५ औँ र दाेस्राे हाफकाे इन्ज्युरी समयमा गाेल गरे । याे जितसँगै समूह ‘बी’ मा रहेकाे इङ्ग्ल्यान्ड तीन अङ्कसहित तालिकाकाे शीर्ष

स्थानमा उक्लिएकाे छ । इरान भने तालिकाकाे पुछारमा छ ।
यस्तै आजै समूह ‘ए’ काे अर्काे खेलमा सेनेगल र नेदरल्यान्ड्स खेल्दै छन् ।

२०७९ मंसिर ५, सोमबार प्रकाशित 1 Minute 72 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।