२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

बधाई ! अञ्जन विष्टकाे गाेलमा नेपालले पाकिस्तानलाई हरायाे !

कात्तिक ३०, काठमाण्डाै : पाकिस्तानसँगकाे मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएकाे छ । आज बुधवार दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले पाकिस्तानलाई एक–शून्य गाेलले हरायाे ।

नेपालकाे जितमा अञ्जन विष्टले गाेल गरे । उनले खेलकाे ८३ औँ मिनेटमा गाेल गरे । अञ्जनले सुनिल बलको क्रस पासमा गाेल गरेका हुन् । उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो ।

गाेल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलाे कार्ड देखाएका थिए । विश्व फुटबल महासङ्घ (फिफा) ले तीन वर्षसम्म प्रतिबन्ध लगाएर

फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेलेकाे हाे । याेसँगै नेपाल र पाकिस्तानबीच अहिलेसम्म १८ वटा खेल भएकाे छ ।

जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ । नेपाली पुरुष फुटबल टोलीले आज दशरथ रङ्गशालामा ५० औँ अन्तर्राष्ट्रिय खेल खेलेकाे हो ।

२०७९ कार्तिक ३०, बुधबार प्रकाशित 0 Minutes 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।