२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

लियोनेल मेसिको घोषणा – २०२२ कतार विश्वकप अन्तिम हुने !

असोज २१, काठमाडौ : अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीले कतारमा हुने विश्वकप फुटबल आफ्नो लागि अन्तिम हुने बताएका छन्।

पेरिस सेन्ट जर्मनका पैँतीस वर्षीय फरवार्डले अर्जेन्टिनाको तर्फबाट चारपटक विश्वकप खेलिसकेका छन्। सो क्रममा १९ खेलमा उनले छवटा गोल गरेको र थप पाँच गोलका लागि सघाएका थिए।

सन् २०१४ मा अर्जेन्टिनालाई उनले उपविजेताको उपाधि दिलाए भने आफ्नो कप्तानीमा सन् २०२१ को कोपा अमेरिकाको उपाधि दिलाए।

मेसीले अब आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन बाँकी छ। निश्चितरूपमा त्यो मेरो अन्तिम विश्वकप हुनेछ, उनले भने। इएसपीएनसँग कुरा गर्दै मेसीले थपे, मैले विश्वकप फुटबलको दिनगन्ती गरिरहेको छु। एकसाथ चिन्ता र हडबडाहट छ।

सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका मेसीले अर्जेन्टिनाका लागि कूल १६४ खेलमा ९० गोल गरेका छन्। फिफाको वरियता क्रममा आर्जेन्टिना तेस्रो स्थानमा छ।

नोभेम्बर २० तारिखबाट सुरू हुने कतार विश्वकप फुटबलअन्तर्गत समूह सीमा अर्जेन्टिनाको भेट साउदी अरब मेक्सिको र पोल्यान्डसँग हुने छ। अन्नपूर्ण

२०७९ आश्विन २१, शुक्रबार प्रकाशित 0 Minutes 76 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।