२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

चम्किए रोनाल्डो – स्वीट्जरल्यण्ड माथि पोर्तुगलको सानदार जित

एजेन्सी : युइएफए नेसन्स लिगमा पोर्तुगलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पोर्तुगलले स्वीट्जरल्यण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्तुगललाई सानदार जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोओ क्यान्सेलोले एक-एक गोल थपे ।

खेलको १५औं मिनेटमा कर्भाल्होले गोल गर्दै पोर्तुगललाई अग्रता दिलाएका थिए । उनले रोनाल्डोमो पासमा गोल गरेका थिए । ३५औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्तुगलको अग्रता दोब्बर पारे । उनले डिएडो जोटाको पासमा गोल गरेका थिए ।

३९औं मिनेटमा पनि जोटाकै पासमा रोनाल्डोले गोल गर्दै पोर्तुगललाई ३-० को अग्रता दिलाए । ६८औं मिनेटमा जोओ क्यान्सेलोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै पोर्चुगललाई सानदार जित दिलाए ।

यो जितसँगै पोर्तुगल समूहमा शीर्षस्थानमा उक्लिएको छ । पोर्चुगलको २ खेलबाट ४ अंक पुगेको छ । समान ४ अंक नै रहेपनि चेक रिपब्लिक दोस्रो स्थानमा रहेको छ ।

पोर्चुगलले पहिलो खेलमा स्पेनसँग १–१ गोलको बराबरी खेलेको थियो । स्पेन २ अंक जोडेर तेस्रो स्थानमा रहँदा स्वीट्जरल्यान्डले अंकको खाता खोल्न सकेको छैन ।

२०७९ जेष्ठ २३, सोमबार प्रकाशित 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।