
काठमाडौं : इङ्लिस प्रिमियर लिगमा गए राती सम्पन्न खेलमा मोहमद सलाहको दुई गोल मद्दतमा लिभरपुलले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडलाई ४-० ले पराजित गरेको थियो ।
घरेलु मैदान एनफिल्डमा शानदार जितपछि लिभरपुल म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेको छ । घरेलु मैदानमा एकतर्फी जित निकाल्ने क्रममा लिभरपुलका लागि लुइस डियाज र साडियो मानेले पनि एक एक गोल गरे ।
खेलको पाँचौं मिनेटमै डियाजेल गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । सलाहले २२औं मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमा अग्रता दोब्बर बनायो । दोस्रो हाफमा पनि लिभरपुलले दुई गोल ग¥र्यो । ६८ औं मिनेटमा मानेले गोल गरे ।
त्यसपछि ८५औ मिनेमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए । शानदार जितपछि ३२ खेलबाट ७६ अंक जोडेको लिभरपुल सिटीलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । सिटीले एक खेल कम खेलेको छ र ७४ अंकसहित दोस्रो स्थानमा छ ।
उता युनाइटेडलाई भने यस हारेल शीर्ष चारमा रहन चुनौती थपिएको छ । ३३ खेलबाट ५४ अंक रहेको युनाइटेड छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको टोटनहमभन्दा युनाइटेड ३ अंङ्कले पछि छ । समान अंक भए पनि आर्सनलसँग गोलअन्तरमा युनाइटेड पछि छ ।