२०७९ आश्विन १२ बुधबार
  • काठमाडौँ

मुम्बईको लगातार पाँचौ पटक हार !

काठमाडौं : भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सले पाँचौ हार व्यहोरेको छ।पुनेमा बुधबार राति पन्जाब किङ्ससँग १२ रनले परा-जित हुँदै मुम्बईले पाँचौं हार व्यहोरेको हो ।

पञ्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८६ रन मात्र बनाउन सक्यो।मुम्बईका लागि देवल ब्रेभिसले सर्वाधिक ४९ रन जोड्दा सूर्यकुमार यादवले ४३ रन बनाए। तिलक बर्माले ३६ रन जोड्दा कप्तान रोहित शर्माले २८ रन बनाएर आउट भए।

जयदेश उनादकटले १२ रन बनाउँदा किरन पोलार्डले १० रन जोडे।मुम्बईलाई रोक्न पञ्जाबका ओडिन स्मिथले सर्वाधिक ४ विकेट लिए। कागिसो राबडाले २ विकेट लिँदा वैभव आरोराले १ विकेट हात पारे। यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमा-उँदै १ सय ९८ रन बनाएको थियो।

उसका लागि ओपनर शिखर धवन र मयंक अग्रवालको अर्धशतक बनाएका थिए। धवनले ५० बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाउँदा अग्रवालले ५२ रन जोडेका थिए।यस्तै जितेश शर्माले ३० रन बनाउँदा साहरूख खानले १५ तथा जोनी बेयरस्टोले १२ रन बनाए।

मुम्बईका बासिल थाम्पीले सर्वाधिक २ विकेट लिए जस्प्रित बुमराह, मुरुगन आश्विन, जयदेव उनादकटले १–१ विकेट लिए। यो जितसँगै पञ्जाब तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष ६ टिम सबैको समान ६-६ अंक भए पनि रनरेटका आधारमा राजस्थान रोयल्स शीर्ष स्थानमा छ।

यस्तै दोस्रो स्थानमा कलकत्ता नाइट राइडर्स, चौथोमा लखनउ सुपरजाइन्ट, पाँचौमा गुजरात टाइटन्स र छैठौंमा रोयल च्यालेन्जर्स बैंलोर छन्। समान ४-४ अंक रहेका दिल्ली र हैदारावाद क्रमशः सातौ र आठौं स्थानमा छन्। २ अंक जोडेको चेन्नई नवौ र अंकविहिन मुम्बई पुछारमा छन्।

२०७९ बैशाख १, बिहीबार प्रकाशित 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार