२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

आइपिएलमा सनराइजर्सलाई हराउदै लखनऊको जित !

काठमाडौं : लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सनराइजर्स हैद-राबाद माथि १२ रनको जित हात पारेको छ।

जितका लागि १ सय ७० रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गु-माउँदै १ सय ५७ रन बनाएको थियो । हैदराबादका राहुल त्रिपाठीले ३० बलमा सर्वाधिक ४४ रन बनाएका थिए ।

त्यस्तै, निकोलस पुरनले २४ बलमा ३४ रन जोडेका थिए । लखनऊका तीव्र गतिका बलर आवेश खानले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएका थिए । त्यस्तै, क्रुनाल पान्ड्याले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए भने जेसन होल्डरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिएका थिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धा-रित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो। लखनऊका लोकेश राहुलले ५० बलमा सर्वाधिक ६८ रन बनाएका थिए ।

त्यस्तै, मध्यक्रमका दीपक हुडाले ३३ बलमा ५१ रन जोडेका थिए । अन्य खेलाडीले खासै रन बनाउन सकेनन् । हैदराबादका वासिन्टन सुन्दरले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिएका थिए भने टि नटराजनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिएका थिए ।

त्यस्तै, रोमारियो शेफर्डले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिएका थिए । हैदराबाद पहिलो खेलमा राजस्थानसँग ६१ रनले पराजित भएको थियो। अब हैदराबादले शनिबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ।

पहिलो खेलमा गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको लखनऊले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको थियो। लखनऊले अब बिहीबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ।

२०७८ चैत्र २२, मंगलवार प्रकाशित 1 Minute 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।