२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

नेपाली क्रिकेट खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने सरकारको घोषणा !

चैत ३, काठमाण्डाै : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई सम्मान गर्दै हरेक खेलाडीलाई ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्नु भएको छ ।

बिहान खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले फूलमालाले सम्मान गर्नु भएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

विश्व कप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्दछु ।

यस्तै, उहाँले मूलपानी, चितवनलगायत निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने समेत घोषणा गर्नु भएको छ ।

हिजो यूएईसँगको खेलअघि त्रिवि खेल मैदान कीर्तिपुरमा प्रधानमन्त्री प्रचण्ड आफैँ उपस्थित भएर खेलाडीलाई हौसला दिनुभएको थियो । यूएईलाई ९ रनले हराउँदै नेपाल सन् २०२३ को एक दिवसीय विश्व कप छनोटमा सिधै प्रवेश पाएको छ ।

२०७९ चैत्र ३, शुक्रबार प्रकाशित 0 Minutes 68 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।