२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

पहिलो खेलमा नेपाल इरानसँग ४–० ले पराजित !

काठमाडौं : एएफसी यू २३ एशियन कप छनोटको पहिलो खेलमा नेपाल प’राजित भएको छ । सोमबार (आज) रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल इरानसँग ४–० गोल अन्तरले प’राजित भएको हो ।

यो हारसँगै नेपालको अर्को चरणमा जाने यात्रामा धक्का लागेको छ । पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल व्यहो¥यो । खेलको ४७ औं मिनेटमा इरानले गोल गर्न सफल भयो ।

त्यस्तै खेलको ७७ औं मिनेटमा इरानले खेलमा दुई शून्यको अग्रता लियो । त्यसको दुई मिनेटपछि नेपालले तेस्रो गोल खायो । साथै खेलको अन्तिममा इरानले नेपालवि’रुद्ध थप गोल गर्दै खेलमा ४–० को अग्रता बनायो । पुरै खेलमा नेपाली गोलकिपर अर्पण कार्कीको प्रदर्शन उत्कृष्ट रहेको थियो ।

कार्कीले इरानका आधादर्जन भन्दा बढी शसक्त प्रहारलाई बचाएका थिए ।
यो जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अंक जोडेको छ । इरान समूहको शीर्ष स्थानमा रहेको छ । अब नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग विहीबार प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।

२०७८ कार्तिक ८, सोमबार प्रकाशित 1 Minute 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।