२०७९ असार १५ बुधबार
  • काठमाडौँ

भोलि मंसिर ३ गते शताब्दीकै ठुलो चन्द्रग्र’हण लाग्दै !

काठमाडौं : भोलि मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्र’हण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्र’हण सन् २०२१ को अन्तिम चन्द्र ग्र’हण हुनेछ ।

पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्र ग्र’हण लाग्दै छ । यो पटकको चन्द्र ग्र’हणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । जो दिउँसो करिब साढे १ बजे उच्च बिन्दुमा पुग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ ।

५ सय ८० वर्ष यता यति लामो अवधिको चन्द्र ग्र’हण लागेको थिएन ।यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्र’हण लागेको थियो । अब यति लामो चन्द्र ग्रहण ८ फेब्रुअरी २६६९ मा मा मात्र लाग्नेछ ।यो चन्द्र ग्र’हण एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।

चन्द्र ग्र’हण दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहनेछ । खगोलविद्को दाबी अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्र’हणको अवधि लामो भएको हो । चन्द्र ग्र’हण पूर्ण देखिने भन्दा एक हल्का रेखाको रूपमा देखिन सक्छ । आंशिक चन्द्र ग्र’हण भएकाले यसको ‘सूतक काल’ पनि मान्य नहुने धार्मिक मान्यता छ ।

ज्योतिष शास्त्रमा चन्द्र ग्र’हणलाई निकै महत्त्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वीमा पर्दा चन्द्र ग्र’हण लाग्दछ । धर्मशास्त्रअनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्र’हण लाग्ने विश्वास गरिन्छ । विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छाँया पर्छ भन्ने मान्यता रहिआएको छ । त्यसैलाई चन्द्र ग्र’हण भनिन्छ ।

२०७८ मंसिर २, बिहीबार प्रकाशित 1 Minute 84 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार