
काठमाडौ : पिपललाई हिन्दु धर्ममा भगवान विष्णुको अवतारका रुपमा पुजा गर्ने धार्मीक परम्परा छ । पिपल धार्मीक दृष्टिकोणले मात्र होइन यो बहुउपयोगी वनस्पति हो ।
सबैभन्दा धेरै अक्सिजन उत्पादन गर्ने पिपल वैज्ञानिक रुपमा पनि उत्तीकै उपयोगी र महत्वपूर्ण मानिन्छ । वहुउपयोगी भएका कारण यसलाई कपवृक्ष भनेर सम्बोधन गरिन्छ । बोटको सबै भाग उपयोग हुन्छ । अथर्ववेदको उपवेद आयुर्वेदमा पनि धेरै रोगको उपचार गर्न पिपल उपयोगी हुने वर्णन गरिएको छ ।
औषधीय गुणहरुले भरिपुर्ण पिपलको बोक्रा, पात, फलफुल, बीउ आदी सबै उपयोगी हुन्छ । पिपलको तत्वहरु सबै प्रकारका बिरामीको लागि उपचारमा प्रयोग गर्न सकिन्छ । हिन्दु धर्ममा पिपललाई अमृततुल्य भनेर वर्णत गरिएको छ ।
त्यसैले पनि पिपललाई भगवानका रुपमा पुजा गर्ने गरिन्छ । हिन्दु धर्ममा शनिवार पिपलको पुजा हुन्छ । यस वाहेक अन्य धार्मीक अनुष्ठानमा पनि पिपलको पुजा गरिन्छ । बर पिपलको वोट लगाउनु र हुर्काउनुलाई पनि धर्मका रुपमा मानिन्छ । यसमा धेरै अक्सिजना हुने हुनाले प्राणवायुको भण्डारण भन्ने पनि गरिन्छ ।
पिपलको पातलाई सिरानमुनि राखेर सुत्दा अक्सिजनाको कमी नहुने विश्वास गरिन्छ ।पिपलको छायाँमा स्वस्थ अक्सिजन प्राप्त गर्न सकिन्छ । यसले वातावरणलाई सन्तुलनमा राखि मानसिक शान्ति पनि दिन्छ । वातावरणलाई सन्तुलन राख्न पनि पिपलको रुख लगाउनु उपयोगी हुन्छ ।
स्कन्द पुराणमा वर्णन गरिए अनुसार पिपलको रुखमा सबै भगवानहरु वास हुन्छ । त्यसैले पुजा गरिन्छ । हरेक मंगलबार पिपलको रुखमा पानी चढाएर ३ पटक फेरो लगाउदा गरिबी, शोक र दुर्भाग्य हट्न सक्छ भन्ने धार्मीक विश्वास छ । अश्रत्थ व्रत गर्दा कन्यालाई सौभाग्य प्राप्ति हुन्छ ।
शनिबार पिपलको रुखमा पूजा गरेर कालो तिलको साथमा रायोको तेलको दियो बालेर सात पटक परिक्रमा गर्दा शनिको कष्ट कम हुन्छ । साउन महिनाको शनिबार पिपलको रुखमुनि हनुमानको पूजा गर्दा सबै प्रकारको सं’कटबाट छुटकारा पाउन सकिने धार्मीक विश्वास छ ।