२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

अब मुक्तिनाथ मन्दिर दर्शन गर्न पाइने, खुल्ला हुने निर्णयले स्थानिय खुसी !

काठमाडौ : अब मुक्तिनाथ मन्दिर दर्शन गर्न पाइने भएको छ । कोभिडका कारण दर्शनार्थीका लागि बन्द गरिएको मन्दिर खुला हुने भएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्र’सिद्ध मुक्तिनाथ मन्दिर यही

असोज १० गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने भएको हो । मन्दिर खुला हुने निर्णयले स्थानिय बासीन्दा पनि खुसी भएका छन् । मन्दिर बन्द हुँदा आसपासका ब्यापार ब्यवसाय पनि सुकेको थियो । वैशाख ८ गते बसेको कोभिड(१९संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले ले मन्दिर बन्द गर्ने निर्णय गरेको थियो ।

को’भिड–१९ को जो’खिम बढ्न सक्ने भएकाले मुक्तिनाथ मन्दिरसहित जिल्लाका मठ मन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक स्थलहरु बन्द गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए ।

गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीको उपस्थितिमा जिल्ला स्वास्थ्य कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जिसस मुस्ताङ, जिल्ला अस्पताल जोमसोम, तीनवटा सुरक्षा निकायका प्रमुख र पत्रकार लगायत उपस्थिति भएको जिल्ला सीसीएमसीको बैठकले ४ बुँदे निर्णय गरेको थियो ।

२०७८ आश्विन ६, बुधबार प्रकाशित 1 Minute 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।