२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

स’र्वश्रेष्ठ फल प्राप्ति गर्न मंगलवार हनुमानको यसरी गर्नुस् पुजा !

काठमाडौं : शास्त्रअनुसार कलियुगमा सबैभन्दा चाँडै प्रसन्न हुने देवताका रुपमा हनुमानजीलाई लिइन्छ । मंगलबार हनुमानजीको जन्म भएको र यो दिन हनुमानजीको वि’शेष पूजा–अर्चना गरे स’र्वश्रेष्ठ फल प्राप्ति हुने विश्वास गरिन्छ ।

हनुमानजीलाई प्रसन्न पार्न सकेको खण्डमा त्यस्ता व्यक्तिको कार्य आफै सम्पन्न हुने भनाइ पनि छ । भगवान श्री रामका परम भक्त हनुमानजीको पूजामा केही वि’शेष कुरामा ध्यान दिनु पर्ने पण्डितहरुको भनाइ छ । मंगलबारको दिन हनुमानजीको पूजा–पाठ गर्ने व्यक्तिलाई सफलता,शौभाग्य मिल्नुका साथै मांगलिक दो’ष तथा क्रो’ध नि’य’न्त्र’ण जस्ता दु’ष्प्र’भा’वबाट मुक्ति मिल्नेछ ।

यस्तै जीवनको सबै मनोकांक्षा पूरा हुने शास्त्रमा उल्लेख छ । हनुमानजीलाई प्रसन्न गर्न हनुमान चालिसाको पाठ वा सुन्दरकाण्डको पाठ गर्नु उत्तम हुनेछ । बिहान हनुमानजीको प्रसादको रुपमा गुड, नरिवल, लड्डु चढाउनु पर्छ ।

हनुमानजीको पूजा गर्ने व्यक्तिले ब्रह्मचर्यको पालना गर्न आवश्यक हुन्छ । सफासग्घर रहनुका साथै फोहोरी कुराबाट टाढा रहनु पर्दछ । शरीर तथा मनलाई पनि सँधै शु’द्ध राख्नु पर्दछ । पूजामा रातो वा पहेलो रंगको फूल विशेष रुपमा चढाउनु पर्छ । यस्ता फूलमा कमल, गुलाब आदिको वि’शेष महत्व रहन्छ ।

२०७८ आश्विन ५, मंगलवार प्रकाशित 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।