२०७९ असार १५ बुधबार
  • काठमाडौँ

यसरी भएको थियो ताप्लेजुङ पाथीभरा देवीकाे उत्पति :

काठमाडौं : ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलको रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकोलागि पहिलो गन्तब्य बनिने गरेको छ ।

चारैतिर हराभरा र उकाली ओराली बिच पहाड तथा हिमाली भेगको फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर । यो मन्दि यात्रा गर्न जो कोहिका लागि त्यती सहज छैन ।यात्रा क’ठिन भएकै कारण धेरै मानिसले यो मनोरम पर्यटकिय स्थलको अवलोकन गर्न पाएका छैनन् ।

यातायातको सुविधा नहुँदा पहाड चढ्न क’ठीन भएकाले पाथीभरा दर्शन अझै पनि सहज सकेको छैन । परापूर्वकालमा त्यहाका गोठालाहरूले पाथिभरा मन्दिर परिषरमा आफ्नो भेडिगोठ बनाउने गर्थे एक दिन अचानक रातको समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएको र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध

गराउँदै, भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । देविले दिएको निर्देशन अनुसार बलियो भेडालाई बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताको तस्तै त्यहि ठाउमा देखिएपछि देविको साच्चै उत्पती रहेको किमदन्ती रहदै आएको छ ।

त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ । सोहि किम्वदन्ति अनुसार अहिले पनि देविकै नाममा सयौको संख्यामा भेडाहरूको बलि दिने चलन रहेको छ ।

पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ । तर, बलीस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । किम्वदन्तीलाइ नमानी शंकाको घेरामा राख्ने हो भने देवीको नाममा चढाइएको बलि

संख्यालाई दृष्टिगत गर्दा त्यहाँ र’गतको पोखरी जम्नुपथ्र्यो तर त्यसो देखिदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ । पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ । का’टमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भो’ग चढाउँछन् ।

२०७८ कार्तिक २३, मंगलवार प्रकाशित 1 Minute 61 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार