२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

छड्के जाँचमा विमानस्थल पुगेका पर्यटनमन्त्री आलेले मागे यात्रुसँग माफी !

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा जानुभएको छ छड्के जाँचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको आलेले

विमानस्थलमा भएका कमी–कमजोरीलाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किनुभएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने प्रतिवद्धता जनाउनुभएको हो ।

अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यहाँका पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गर्ने बताउनुभएको हो ।

काठमाडौँबाट भोजपुर जानुपर्ने ७ यात्रुलाई नेपाल वायु सेवा निगमको जहाजले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छाडेर उडेपछि सोमबार बिहानै पर्यटनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल भवनमा पुग्नुभएको हो ।

सो घ’टनाका विषयमा उहाँले भोजपुर जाने जहाजमा आधा यात्रु लगियो, आधा छोडियो, कसरी त्यस्तो हुन गयो, गल्ती गर्नेलाई का’रवाही गर्न निर्देशन दिएको छु, यात्रुसँग हाम्रो सम्बन्ध सुमधुर होस् भन्ने आफ्नो चाहना रहेको भन्दै यात्रुहरुसंग माफी समेत माग्नुभएको थियो ।

२०७८ कार्तिक २, मंगलवार प्रकाशित 1 Minute 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।