२०७९ श्रावण २४ मंगलवार
  • काठमाडौँ

पूर्वमन्त्री वडामै प’राजित !

काठमाडौं : नेपाली कांग्रेसको आसन्न म’हाधिवेशनमा पुरानो भन्दा नयाँ अनुहारहरू देखिने क्रम जारी छ । धेरै स्थानमा युवाहरू नेतृत्वमा आएका छन् भने कतिपय स्थानमा पार्टी सभापति शेरबहादुर देउवालाई धक्का लागेको छ ।

यस्तै विराटनगरको वडा अधिवेशनमा रोचक दृश्य देखिएको छ ।विराटनगरको वडा अधिवेशनमा चिनिएका नेताहरू वडामै प’राजित भएका छन् । प’राजित हुनेमा मपुर्वमन्त्री समेत छन् । पूर्वमन्त्री शिव बस्नेत क्षेत्रीय प्रतिनिधिमा प’राजित भएका छन् । उनी विराटनगर–४ बाट लडेका थिए ।

महासमिति सदस्य सुदनबहादुर कार्की वडा नं. २ बाट क्षेत्रीय प्रतिनिधिमा प’राजित भए । विराटनगर–१ बाट क्षेत्रीय प्रतिनिधि लडेका नेपाल शिक्षक संघ मोरङका सभापति शिवराज कोइराला पनि प’राजित भएका छन् ।बाराको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीयबाट राजिनामा

दिएर नेपाली कांग्रेसको राजनीतिमा होमिन लागेका लागेका गोपाल रेग्मी विराटनगर–५ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । त्यस्तै लायन्स क्लवका पूर्व डिष्ट्रिक गभर्नरद्वय लीलाकुमार ढुंगेल र राजन खत्री पनि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् ।विराटनगर महानगरपालिकाका

मेयर भीम पराजुली विराटनगर ३ बाट सवैभन्दा धेरै मत ल्याएर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसैगरी उपमेयर इन्दिर कार्की विराटनगर २ बाट निर्वाचित भइन् ।केन्द्रीय निर्वाचन समितिबाट खटिएका मोरङका निर्वाचन अधिकृत केदार कार्कीले महानगर/नगर सभापति पदका

लागि प्रस्तावक र समर्थक अनिवार्य रूपमा क्षेत्रीय प्रतिनिधि रहनुपर्ने जानकारी दिए । सभापति बाहेकका अन्य पदमा भने क्रियाशील सदस्य समेत प्रस्तावक र समर्थक बस्न पाउने उनले बताए ।

विराटनगर महानगर सभापतिका मुख्य चार आकांक्षीहरू क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका छन् । महानगर सभापतिका दाबेदार दीपक चापागाँईं र अरुण न्यौपाने विराटनगर २ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । त्यसैगरी नगर सभापतिका अर्का दाबेदार सन्तोष न्यौपाने वडा नम्बर ५ र कृष्ण कार्की वडा नम्बर ३ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।

२०७८ आश्विन १०, आईतवार प्रकाशित 1 Minute 105 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार