२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्छ : नेता गुरुङ !

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देव गुरुङले विकासको बा’धक भ्रष्टाचार रहेकाले भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

माओवादी केन्द्र शुक्ला गण्डकी नगरपालिका–१२ ले लामागाउँमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सकिएमात्रै नेपालको विकास र समृद्धि सम्भव रहेको उल्लेख गर्नुभयो ।

भ्रष्टाचार र कमिशनले देश ध्वस्त भएको उल्लेख गर्दै गुरुङले भन्नुभयो, “भ्रष्टाचारले अन्तर्राष्ट्रियस्तरमा नेपाल ब’दनाम भइरहेको छ, यसलाई न्यूनीकरण गर्नुपर्छ ।” हरेक कुरामा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी हुनुपर्ने टिप्पणी गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान, केन्द्रीय सदस्य आशा कोइराला, शुक्लागण्डकी नगर कमिटीका सचिव मनराज गुरुङलगायतले माओवादी सङ्गठन सुदृढीकरण गर्दै आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने जिकिर गर्नुभयो ।

२०७८ आश्विन १०, आईतवार प्रकाशित 1 Minute 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।