
काठमाडौ : नेपाली कांग्रेसको महाधिवेशनका लागि प्रतिनिधि छनौटको लागि निर्वाचन सुरु भएको छ । यो क्रममा धेरै जिल्ला र क्षेत्रमा अनौठो घ’टना भएका छन् ।
राजनीतिक रुपमा केन्द्रमा रहेका नेताहरु वडामै प्रतिनिधि छनौटमा प’राजित भएका छन् । कञ्चनपुरको बेलडाँडीमा अर्को फरक घ’टना भएको छ । जहाँ हजुरबुबालाई हराउँदै नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा नि’र्वाचित भएका छन्।
गाउँ(नगरपालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका छन् । ३७ वर्षीय गजबहादुरले खसेको ८५ मध्ये ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका छन्। जसमा ३ मत बदर भए।
उनी आफ्नै बुवाको बुवा नभएपनि १३ दिने जुठो लाग्ने हजुरवुवा भएको गजबहादुरले बताएका छन् । बेलडाँडी गाउँपालिकामा टीकासिंह खड्का ४३ मत र ठगना राना ४० मतका साथ उपसभापतिमा नि’र्वाचित भएका छन्। उपसभापतिका अन्य प्रत्यासी पूर्णानन्द भट्ट र डम्बरलाल राना (दयालु) ले क्रमशः ३६ र ३१ मत ल्याएका छन्।