२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

शान्ति स्थापनार्थ नेपाललाई उच्चपद सुनिश्चित गर्न परराष्ट्रमन्त्रीको आ’ह्वान !

काठमाडाैँ : संयुक्त राष्ट्रसङ्घको ७६औँ म’हासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहुनभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले

कुवेतका विदेशमन्त्री डा अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गर्नुुभएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–कुवेत सम्बन्धका साथै आप्रवासी कामदार, व्यापार,

पर्यटन,लगानी प्रवद्र्धनलगायत साझा चासो र अन्य विषयमा विचारविमर्श भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । आजै परराष्ट्रमन्त्री खड्काले राष्ट्रसङ्घको शान्तिकार्य

विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच राष्ट्रसङ्घीय शान्ति स्थापनाको कार्यमा नेपाल र राष्ट्रसङ्घबीचको वि’द्यमान साझेदारीलाई अझ विस्तार गर्ने सम्बन्धमा विचार

आ’दानप्रदान भएको थियो । मन्त्री खड्काले शान्ति सेनामा नेपाली फौज बढाउन, नेपाललाई कार्य क्षेत्र र राष्ट्रसङ्घीय प्रधान कार्यालयमा उच्च ओहोदा सुनिश्चित गर्नुपर्ने नेपालको आह्वानलाई पुनः मुखरित गर्नुभयो ।

२०७८ आश्विन ९, शनिबार प्रकाशित 1 Minute 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।