
बाबुराम भट्टराई भन्छन – बालेन र हर्क झिल्को मात्र हुन्, समयमै सम्बोधन नगरे चुनाव जित्न सजिलो हुदैन् ।
असोज १, काठमाडौँ : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा सांसद डा बाबुराम भट्टराईले काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङको प्रशंसा गर्दै युवा
पुस्ताको विद्रोहको झिल्कोको रुपमा टिप्पणी गरेका छन्।
शनिवार बसेको प्रतिनिधि सभाको एघारौँ अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्दै अध्यक्ष भट्टराईले राजनीतिमा युवाहरूको
लहर आएको बताउँदै भने ‘युवा पुस्तामा यस्तो विद्रोहको लहर आउँदै छ। बालेन–हर्कहरु झिल्को मात्र हो। तर, यसलाई सम्बोधन गर्न सक्नु भएन भने आउँदो निर्वाचनमा सहरी क्षेत्रमा पुराना दललाई चुनाव जित्न कठिन हुने बताए ।
ग्रामीण दुर्गम क्षेत्रमा राजनीतिक दलले संगठनको बलमा चुनाव जिते पनि सहरी क्षेत्रमा चुनाव जित्न कठिन अवस्था आएकोले युवाको मनोभावना अनुसार दलहरू अघि नबढे असफल हुने बताए ।