२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

प्रचण्ड भन्नुहुन्छ : अरुलाई धेरै भन्दिनँ, बि’ग्रिएको मै हुँ ।

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू बि’ग्रिएकोले सच्चिन तयार रहेको बताएका छन् ।
पार्टीको भ्रा’तृ संगठन योङ कम्यु’निस्ट लिग वाईसीएल नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बो’धन गर्दै

दाहालले आफूलाई पहिले स’च्याएमा रुपान्तरण हुने बताए ।
म अरुलाई धेरै भन्दिनँ । बिग्रि’एको मै हुँ । अब म सच्चिन्छु । अरु को-को सच्चिने, नसच्चिने तपाईंहरु सोच्नुस्, उनले थपे, हिजो जनयु’द्धमा हामफालेँ । अर्को’पटक शान्ति प्रक्रियामा हामफालेँ ।

कहिले संविधान बनाउनमा हामफालेँ । पार्टी एकतामा हामफा’लियो । फेरि समाजवादी क्रा’न्तिका लागि म चाहिँ हामफालेँ फालेँ । तपाईंरहामी सबैले यो फटाहाले बिगा¥र्‍यो भन्नुभन्दा, मैले के बिगारेँ भन्ने सोच्न थालियो भने त्यहींबाट रुपान्तरण सुरु हुन्छ ।

आफू जालझेल, ठकठाकमा लागे पनि अरुलाई दोष दिने प्रवृत्ति पार्टीमा रहेको उल्लेख गर्दै दाहालले यसबाट क्रान्तिकारी पार्टी नबन्‍ने पनि बताए । भ्रष्टा’चार खुब गरिया छ ।

ठकठाक गरिया छ । ठेक्का’पट्टा पाउनका लागि मरिहत्ते हाल्या छ । कमिसन खाना मरिहत्ते हाल्या छ । अनि म चाहिँ बिग्रिया छैन भन्ने लाग्ने फेरि । त्यो चाहिँ बिग्रियो भन्नेतिर लागेपछि यो पार्टी क्रा’न्तिकारी हुँदैन, दाहालको भनाइ थियो, म चाहिँ बि’ग्रियोबाट सुरु गर्नुप¥र्‍यो ।

म बन्नु पर्छ भन्नेबाट सुरु गरियो भने सबै बन्छन् अनि त्यसपछि क्रा’न्तकारी पार्टी बन्छ । पछिल्लो समय नेताहरुको प्रवृत्ति नबदल्ने हो भने पार्टी विघटन गर्नुपर्छ भन्ने धारणा राख्दै आएका दाहालले उक्त कार्यक्रममा पनि चुनाव जितेकाहरु धेरै बि’ग्रिएको टिप्पणी गरे ।

तल ग्रा’उन्डमा बस्ने कार्यकर्ता कोही बि’ग्रिएका छैनन् । बि’ग्रिएका भनेका टाठा’बाठा, चु’नाव जितेका धेरैजसो छन्, दाहालले भने, मेरो अनुभवले के देखायो भने जल्लाई धेरै मन्त्री बनाएँ त्यही सबभन्दा धेरै भगौ’डा । त्यही धो’केबाज । कोही कोहीलाई मन्त्री बनाएसी ठीक हुन्छ भन्ठा’नेको त के को हुन्थ्यो ?

माओवादी केन्द्र छाडेर एमालेमा लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुप्रति चर्को आ’लोचना गरेका दाहालले भने, त्यो टोपबहादुर भन्नेलाई मैले कति’चोटी मन्त्री बनाएँ । अहिले कहाँ हेर्नुस् त !

त्यो बादल हिजोको साथी । अहिले त सम्झिँदा पनि तैट ! एलर्जी हुन्छ ! तानेर ल्याएर गृहमन्त्री, सरकारको नेतृत्व तपाईंले गर्नुस् भनेर बनाएको त माओवादीले, मैले हो नि ! हेर्नुस् । जो जति माथि आएको छ । त्यो त्यति बि’ग्रिएको छ । बुझ्नु होला ।

दाहालले बाँकी जीवन समाजवादी क्रान्तिका लागि लड्ने भनाइ पुनस् दोहो¥र्‍याए । अब कति वर्ष बाँचिन्छ । ज्यान छोडेर समाजवादी क्रा’न्तिको निम्ति युवाहरुको नेतृत्व गर्छु म । तपाईं युवाहरुले मलाई साथ दिनप¥र्‍यो पहिलेजस्तै । मचाहिँ हामफालेँ फालेँ ।-

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित 1 Minute 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।