२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

आउदो निर्वाचनमा स्वतन्त्र उमेदवार सगँ चुनाव हार्ने डरले गगन थापा तना-वमा !

भदौ २९, काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा आउने निर्वाचनमा काठमाडौं-४ बाट उठ्ने निश्चित छ। क्षेत्रीय समितिले गगन थापालाई सर्वसम्मत रुपमा आगामी प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार सिफारिस गरेको छ।

थापाले २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पराजित गरेका थिए । थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका थिए ।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराईले १८ हजार १४० मत पाएका थिए । दुई पटकसम्म सो क्षेत्रबाट निर्वाचित भएका गगन थापालाई यो पटक भने कठिन हुने देखिन्छ।

उनलाई सत्ता गठ-बन्धनको साथ भए पनि स्वतन्त्र उम्मेदवार उनको लागि तगारो हुने देखिन्छ। पछिल्लो समय युवा नेताको रुपमा च-र्चा कमाएका नेता गगन थापा कांग्रेसको १४औँ महाधिवेशनबाट चर्चित महामन्त्री बनेका छन्।

नेता थापा उक्त क्षेत्रमा राम्रै नेताको रुप परिचित छन्।
विकासका कामहरु पनि राम्रै गरेता पनि उनलाई यो पटक भने स्वतन्त्र उम्मेदवारहरुले भोट काट्ने देखिन्छ। स्वतन्त्र उम्मेदवारहरु धेरै उठ्ने भएपछि थापाको भोट का*टिने देखिन्छ।

त्यसो त थापालाई ४ वटा पार्टीको साथ छ तर पनि मतदाताले आफ्नो अधिकार गठबन्धनकै उम्मेदवारलाई दिएको खण्डमा मात्र उनले निर्वाचन जित्न सकिन्छ। पछिल्लो समय जनताहरु स्वतन्त्र उम्मेदवारप्रति आकर्षित देखिन्छ।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानमागर जस्तो ठुलो महानगरमा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयरमा बाजी मारेपछि नेताहरु त्रसित भएका छन्।

नेता थापाले नै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित नेताहरुसंगको भेटघाटमा स्वतन्त्र उम्मेदवारले हाम्रो उम्मेदवारलाई असर पार्न सक्ने भन्दा स्वतन्त्रले २ हजार मत पनि काट्न नसक्ने बताएपछि आफू बालुवाटारबाट फर्केको बताएका थिए।

त्यसैले गर्दा पनि गगन थापा आफैँ त्रसित छन्। पछिल्लो समय विशेषगरि काठमाडौंका विभिन्न क्षेत्रबाट स्वतन्त्र उम्मेदवार दिनेको होडबाजी नै चलेको छ। त्यसैले गर्दा पनि गगन थापालाई यो पटक निर्वाचन जित्न सकस देखिन्छ ।

२०७९ भाद्र २९, बुधबार प्रकाशित 1 Minute 227 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।