२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

पुर्व मन्त्री झाँक्री गुल्मी–२ बाट सिफारिस, गोकर्ण बिष्टसँग भिड्ने ! कस्ले मार्ला बाजि ?

भदौ २७, गुल्मी : नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीले गुल्मी क्षेत्र नम्बर –२ बाट प्रतिनिधी सभा उमेदवराका लागि सिफारिस गरेको छ।

शनिवार गुल्मीको सदरमुकाम तम्घासमा बसेको सो पार्टीको जिल्ला कमिटी बिस्तारित बैठकले झाँक्रीलाइ उम्मेदवारमा सिफारिस गरेको हो । नेकपा एमालेका सचिव गोकर्णराज बिष्ट पनि सोही क्षेत्रबाट सिफारिस भएको हुँदा उनिहरु बीच रोचक टक्कर पर्ने देखिएको छ ।

उता क्षेत्र नम्बर – १ मा सोही पार्टीका केन्द्रीय सदस्य प्रमेश पोखरेल सिफारिस भएका छन् । झाँक्री गुल्मी २ बाट गठबन्धनको साझा उमेदवार हुने प्रवल सम्भावना समेत देखिएको छ ।

यदी त्यो भएमा गोकर्ण बिष्टका लागि विगतमा जस्तो सजिलो हुने छैन । तपाई गुल्मी क्षेत्र नम्वर २ बाट गठबन्धनको साझा उमेदवार हुने चर्चा छ ।

तपाईको चुनावी टक्कर हिजो तपाईकै पूर्वसहकर्मी एमाले नेता गोकर्ण बिष्ट संग पर्ने देखिन्छ नि ? भन्ने प्रश्नमा नेतृ झाँक्रीले भनिन्– उमेदवार चयनको प्रकृया भई रहेको छ । गठबन्धनबाट आफु साझा उमेदवार भईयो भने उहाँ र

म फरक फरक पार्टी र फरक फरक बिचारबाट प्रतिनिधीत्व गर्ने भएकाले अबश्स्य प्रतिस्पर्धा हुनेछ, तर मलाई लाग्छ मित्रवत प्रतिस्पर्धा होला।

केहि दिनअघि एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारी र ईन्चार्ज गणेश खनाल सहित ७ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको बिषयलाई नेकपा एमाले एकिकृत समाजवादी र आफूहरु बीच पार्टी एकता भएको व्यानर सहित प्रचार गरेको थियो ।

त्यस यता गाउँ गाउँमा पनि एकिकृत समाजवादी एमालेमा समाहित भई सक्यो भन्ने प्रचार भईरहेको बताईन्छ नि रु भन्ने प्रश्नमा पूवृमन्त्रीसमेत रहेकी झाँक्रीले भनिन् – उहाँहरुले त्यस्तो हल्ला चलाएको र गलत प्रचार गरेको त्यो सत्य हो ।

दुई जना मान्छे गए भन्दैमा पार्टी एकताको ब्यानर राखेर जुन हल्ला र गलत प्रचार गरिरहनु भएको छ त्यो उहाँहरुको हतास र पराजित मानसिकताको उपज हो ।उनले एमालेजनले चलाएको हल्ला गलत हो भन्ने कुराको पुष्टि शनिवारको बैठकले पनि गरेको बताइन् ।

नेकपा एमले नेता, कार्यकर्ताहरुले जिल्लाको संस्थापक श्रीराम महत पनि एमाले मै फर्किन्छन् ? भन्ने हल्ला चलाएका छन नि रु भन्ने प्रश्नमा महतले भने– त्यो त उहाँहरुले सुरु देखि नै भन्दै र भ्रम छर्दै आउनु भएकै हो । आफ्ना कार्यकर्ताहरुलाई भ्रमित पार्नु उहाँहरुको बध्यता पर्ने होला । तर मलाई एमालेमा फर्किन्छ भन्नु उहाँहरुको दिवा सपना मात्रै हो।

शनिवार सो पार्टीको विस्तारित बैठकमा सहभागि हुन उनि सहित सो पार्टीका लुम्बिनी प्रदेश कमिटी ईन्चार्ज भागवत बिश्वास आएका थिए ।

उक्त बैठकमा विगतको भन्दा बढि नै कार्यकर्ताहरुको सहभागिता थियो । बैठकले सुरुमा नेकपा एमाले गुल्मीबाट एक्लै बिद्रोह गरेर आएका श्रीराम महतलाई नै जिल्ला पार्टी अध्यक्षमा निर्वाचित गरेको छ ।

त्यस्तै वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रीय सदस्य प्रमेश पोखरेलाई गुल्मी जिल्लाको ईन्चार्जका लागि केन्द्रमा सिफारिस गरिएको जनाईएको छ।

सहइन्चार्ज भने गणेश बिश्वकर्मा नै रहेका छन् । पार्टी उपाध्यक्ष राम मल्ल ठकुरीका अनुसार आज नेकपा एमाले पत्यिाग गरि ३१ जना कार्यकर्ता एकीकृत समाजवादीमा प्रवशे गरेका छन् ।

२०७९ भाद्र २६, आईतवार प्रकाशित 0 Minutes 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।