
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विभाजन ल्याउन फेरि पनि प्रयास हुनसक्ने बताएका छन् । एमाले उपत्यका कमिटीले विहीबार काठमाडौंमा गरेको भेलामा ओलीले एमालेमा
विभाजन ल्याउने प्रयास हुन सक्ने भन्दै सजक हुनुपर्ने बताएका हुन् ।
उनले एमालेलाई सिध्याउन खोजेपनि अझै सशक्त र एकताबद्ध भएर अघि बढ्ने धारणा राखे । अध्यक्ष ओलीले शपथ लिएको ७५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता दिन नसकेको भन्दै गठबन्धन दलको आलोचना गरे ।
उनले भविष्यमा एमाले सरकारमा आएमा तीन दिनभित्र सरकार बनाउने दावी पनि गरे । ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको बिकासमा वर्तमान सरकारले जस लिन खोजेको धारणा राखे । उनले आफू नेतृत्वको
सरकारले देशको बिकासका लागि गरेको काम देख्न नसकेर हटाइको उल्लेख गरे । अध्यक्ष ओलीले माधव नेपालको पार्टीले संरचना निर्माण गरेको सुनेको भन्दै संरचनामा बस्ने मान्छेको अभाव हुने टिप्पणी गरे ।सरकारले बाँडेको मेडलको बारेमा आफूले गरेको टिप्पणीलाई अपव्याख्या
गर्ने प्रयास गरेको भन्दै ओलीले एमालेले सत्ताको दुरुपयोग गर्न नजानेको प्रष्टिकरण दिए । ओलीले पार्टीलाई सशक्त बनाउदै अघि बढाउन कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा एमालेका नेताहरुले पार्टीलाई कसैले पनि कमजोर बनाउन नसक्ने धारणा राखेका थिए ।