
काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धा’र्मीक अतिवादीको आ’रोप लगाएका छन् ।
विहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई ‘सामन्ती हिन्दू अ’तिवादी’ को आ’रोप लगाएका हुन् । उनले ओलीलाई कम्युनिष्टले गर्नै नहुने काम गरेको पनि आ’रोप
लगाए ।नेकपामा रहँदा आफुले ओलीलाई लगाएको १९ पेज लामो आरोप पत्रका बारेमा कुरा उठाउँदै उनले भने, ‘तपाईंहरुले देख्नुभयो मैले १९ पृष्ठ लामो केपी प्रवृत्ति भनेको के हो भन्ने लेखेँ,’ प्रचण्डले भने, ‘विचारको हिसाबले यो
मा’र्क्सवादी होइन, कम्युनिष्ट होइन । यो सा’मन्ती हिन्दू अ’तिवादी हो ।’उनले थपे, ‘तपाईंहरूले जलहरी चढाएको त सुन्नुभयो । मेरो निर्वाचन क्षेत्रमा गएर राम, सीता, हनुमान राखिदिएका छन् । अब म राम, सिता, हनुमानसँग ल’ड्न त जाने कुरा त आएन । अनि यो कम्युनिष्टले यस्तो काम गर्छ त ?’