
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच सिट नजित्ने माओवादीसँग ग’ठबन्धन गरेर ३६ सिट जिताउनु नै आफ्नो गल्ती भएको बताएका छन् । एमाले जिल्ला कमिटी बर्दियाद्वारा गुलरियामा
आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डले सर्पलेझैं दुध दिने हातलाई डसेको आ’रोप लगाए ।उनले भने, ‘जुन हातले दुध दिर्यौं, प्रचण्डले त्यहीं हात टोके ।’ ओलीले माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै भएको दाबी गरे ।
अर्को पार्टीले निस्काशन गरेका व्यक्तिहरुको सनाखत लिएर नयाँ दल दर्ता गर्नु ज्यादती भएको ओलीले बताए । यस कार्यवि’रुद्ध अदालतमा मु’द्दा दर्ता गरेको बताउँदै ओलीले भने, ‘अदालतले फैसला गर्यो भने त
यिनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।’ ओलीले आफ्नो सरकारले गरेको काम देख्न नसकेर प्रतिगामी तत्वहरुले अदालतको साहारामा सरकार ढालेको बताए । अध्यक्ष ओलीले ‘देशको विकासका लागि पैसा नै नभएको बताउने कस्तो द’रिद्रहरुको सरकार हो ?’ भनेर प्रश्न गरे ।