२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

एमालेको भावी अध्यक्ष बन्ने इश्वर पोखरेलको सपना यसरी तुहियो !

काठमाडौ : नेकपा एमालेको महाधिवेशनका लागि तयारी सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्ने र महासचिव ईश्वर पोखरेललाई पार्टीको भावी अध्यक्षको दाबेदारका रुपमा हेरिँदै आएको थियो ।

उनले आफै पनि आकांक्ष ब्यक्त गरेका छन् । ओलीले आफै नेतृत्व दिन्छन् भन्नेमा पोखरेल पनि ढुक्क थिए । तर उनको सपना तुहिने सम्भावना देखिएको छ । ओली आफै अध्यक्ष बन्ने सम्भावना बढेकाले उनको सपना त्यसै खेर जाने भएको हो ।

नेकपा एमालेमा कार्यकारी भूमिकाका लागि ७० वर्षे उमेर हदका कारण महासचिव ईश्वर पोखरेललाई समस्या पर्ने देखिएको छ । यो अवस्था कायम भए उनका लागि एक पटक मात्र नेतृत्वमा पुग्ने अवसर हुन्छ । तर ओली आफै अध्यक्षमा उम्मेदवार बने पोखरेलको अध्यक्ष यात्रा संधैका

लागि पुर्णविराम लाग्ने देखिएको छ । उमेर हदका कारण पोखरेल एक पटक मात्र अध्यक्षको उम्मेदवार बन्न सक्छन् । आगामी म’हाधिवेशनमा ओली नै दोहोरिए भने पोखरेल कहिल्यै एमालेको अध्यक्ष बन्न पाउने छैनन् । किनभने, ६८ वर्षीय महासचिव पोखरेल ११ औं म’हाधिवेशनमा

पुग्दा ७० वर्षे उमेर हदका कारण पार्टीको कार्यकारी भूमिकाका लागि अयोग्य भइसक्नेछन् । १० औं म’हाधिवेशनमा ७० वर्षे उमेर हद लागू भएर ओलीले नै पुनः नेतृत्वका लागि दाबी गरेको अवस्थामा भने पोखरेलसहित सुवास नेम्वाङ, युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा लगायतका नेताहरु प्रमुख कार्यकारी पदमा पुग्ने बाटो सदाका लागि छेकिन्छ ।

पार्टीको महासचिव भइसकेका, सरकारमा उपप्रधानमन्त्री रहिसकेका उनी एमालेको अध्यक्ष र एमालेबाट प्रधानमन्त्री पदका लागि आकांक्षा राख्ने प्रमुख नेता हुन् । तर नेकपा एमाले विभाजन भएर माधव कुमार नेपालले अर्को पार्टी दर्ता गरेका कारण ओली नै फेरी उम्मेदवार बन्ने सम्भावना पनि देखिएको छ ।

हालै पार्टी वि’भाजन भएको र देशमै एक्लो विपक्षी बनेर सत्तारुढ गठबन्धनलाई चु’नौती दिइरहेको अवस्थामा कार्यकर्तापंक्तिले फेरि पनि ओलीकै नेतृत्व खोज्ने अवस्था देखिएकाले पोखरेलको पार्टीको नेतृत्व गर्ने सपना पुरा नहुने देखिएको छ । माधव नेपालले नयाँ पार्टी गठन गरेका कारण उनको साथ छोडेर एमालेमै रहन आएका १० भाई मध्यका नेताहरु पनि आगामी म’हाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने सम्भावना पनि उत्तिकै छ ।

२०७८ आश्विन ६, बुधबार प्रकाशित 1 Minute 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।