२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

३० वर्षमा पटक पटक मन्त्री बनेँ, तर काठमाडौंमा निजी घर पनि जोड्न सकिनँ भन्दै गुनासो गर्छन् गच्छदार !

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले राष्ट्रलाई हानी पुग्ने र आफूलाई मात्र लाभ हुन गरी कुनै गैर.
कानूनी काम नगरेको दावी गरेका छन् ।

आफू पटक-पटक उपप्रधानमन्त्री भए पनि कानूनले दिएको सुविधाबाहेक कुनै लाभ नलिएको उनको स्पष्टीकरण छ । आज पत्रकारहरूमाझ कुरा गर्दै गच्छदारले काठमाडौंमा आफू भाडाको घरमा बसिरहेको बताए ।उनले भने, ‘यति लामो समय मन्त्री भएको

नेताको काठमाडौंमा बास बस्ने आफ्नो निजी निवास पनि नभएको र भाडाको घरमा बसिरहेको कुरा सुन्दा यहाँहरूलाई आश्चर्य पनि लाग्न सक्ला तर यथार्थ यही हो ।’उनले आफ्नो जीवन खुल्ला किताबजस्तो भएको बताए । ५० वर्षका अनवरत राजनीतिक यात्रामा आफूले

क’ठोरभन्दा क’ठोर दिनहरूसँग जुधेको भन्दै उनले आफूमाथि राजनीतिक प्रतिशोध साँध्ने काम भएको दावी गरे ।‘बुढी मरी भन्दा पनि काल पल्किने डर छ,’ उनले भने, ‘यदि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले ममाथि भएको अन्यायवि’रुद्ध आवाज उठाएनन् भने भोलि अरुमाथि पनि यस्तै ष’ड्यन्त्रका तानावानाहरू बुनिनेछन् ।’

२०७८ आश्विन ६, बुधबार प्रकाशित 1 Minute 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार