२०७९ श्रावण २४ मंगलवार
  • काठमाडौँ

प्रधानमन्त्री देउवाले आफूखुसी मन्त्री बनाएपछि पौडेल समूहले बोलायो बैठक !

काठमाडौं : देउवा प’क्षले आफूखुसी मन्त्री बनाउन थालेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठकमा बस्ने भएको छ । बुधबार दिउँसो महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा

पौडेल पक्षको बैठक बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेसँगै रुष्ट बनेको पौडेल पक्षले पार्टीमा सल्लाह नगरी मन्त्री चयन गरेको भन्दै बैठक बस्न लागेको छ ।

यसअघि प्रधानमन्त्री देउवाले पार्टीमा सल्लाह नै नगरी आफूनिकट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउदा पार्टीमा छलफल नभएको भन्दै पौडेल पक्ष विरोध जनाउँदै आएको छ ।

बुधबार आफू पक्षकै खड्कालाई परराष्ट्रमन्त्री बनाउन लागेपछि पौडेल पक्ष कस्तो कदम चाल्ने भन्नेबारेमा बैठकम जुट्न लागेको हो ।परराष्ट्रमन्त्रीमा सुजाता कोइराला र मिनेन्द्र रिजाललाई नियुक्त गर्नुपर्ने पौडेल पक्षको माग थियो । तर, बुधबार डा. खड्कालाई प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा नियुक्त गरेसँगै बैठक बस्दैछ ।

२०७८ आश्विन ६, बुधबार प्रकाशित 1 Minute 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार