
साउन ११, काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरीको प्रशंसा फेरी चुलिएको छ । हरेक दिन प्रतिनिधीसभाको बैठकमा उनले देश र जनताको पक्षमा दरिलो आवाज उठाउँदै आएकी छिन् ।
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरिकता विद्ययेकको चर्को विरोध गरेर जनताको धन्यवादकी पात्र बनिरहेकी चौधरीले फेरी अर्को तहल्का पिट्ने खालको अभिव्यक्ति दिएकी छिन् ।
संसद भित्रै बाट उनले सिधै नाम नलिए पनि देउवा र प्रचण्डहरुको अनुहारमा लेण्डुप दोर्जेको अनुहार देख्न थालिएको भन्दै कडा कटाक्ष गरेकी छिन् । सत्तापक्षका नेताहरुको अुनहारमा लेण्डुप दोर्जेको अनुहार देख्न थालेको भन्दै चौधरीले खरो प्रश्न उठाएकी छिन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद चौधरीले नागरिकता विधेयकको संशोधनमा लेण्डुप दोर्जेको छायाँ देखिएको बताएकी हुन् ।सभामुख महोदय, मेरो दृष्टि भ्रम हो या सबैले यस्तै देखिरहेका छन् ।
सभामुखको दायाँपट्टी बस्ने सबैको अनुहारमा लेण्डुप दोर्जेको याद दिलाएको छ । नपत्याए नागरिकता विधेयकको संशोधनमा हेरे हुन्छ । लेण्डुप दोर्जेलाई इन्दिरा गान्धीले दिल्लीमा रातो कार्पेट बिच्छ्याएर भव्य स्वागत गर्ने गरेकी थिइन् जबसम्म सिक्किम भारतमा विलय भएको थिएन, चौधरीले भनिन्,
यसैगरी आजभोलि नेपाली नेतालाई दिल्लीमा भव्य स्वागत गर्न थालिएको छ । यसैले सभामुख महोदय उहाँहरूको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको छ । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै गरेको दिल्ली भ्रमणप्रति लक्षित गर्दै कटाक्ष गरेकी हुन् ।
केहि दिन अघि पनि एमाले सांसद चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लक्षित कडा कटाक्ष गरेकी थिइन् ।
नागरिकता विद्ययेक पारित गर्ने दिन संसदको रोस्टमबाट बोल्दै चौधरीले प्रचण्डको इण्डिया भ्रमण प्रति कटाक्ष गर्र्दैै जदौ मालिक भन्न इण्डिया गएको हो ? भन्दै प्रश्न सोधेकी थिइन् । चौधरीको त्यस दिनको अभिव्यक्ति पनि निकै चर्चित भएको थियो ।ओटिभी नेपाल