
साउन ११, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले ६ पटक डडेलधुराबाट चुनाव जितिसकेका छन् । एकपटक त उनले डडेलुधरासहित कैलालीबाट पनि चुनाव जितेका थिए ।
देउवा पाँच पटक प्रधानमन्त्री समेत भइसकेका छन् ।
नेपाली काँग्रेसका अहिलेका नेतामध्ये कहिले चुनाव नहार्नेमध्येका देउवा र विजयकुमार गच्छेदार मात्र हुन् । गच्छेदारले तीनपटक गैरकाँग्रेसी सांसद बनेर चुनाव जितेका हुन् ।
यसपटक भने देउवा र गच्छेदार दुवैलाई सजिलो छैन ।
देउवावि’रुद्ध डडेलधुरामा धमाधम उम्मेदवारी घोषण हुन थालेका छन् । उनलाई जिल्लामा भिजेका पूर्व काँग्रेस जिल्ला सभापति कर्ण मल्लको पनि चुनौ’ती छ ।
८० टेक्न लागेका देउवा डडेलधुराबाट चुनाव जितेपनि उनको त्यहाँको माटोसँग दूरी बढ्दै जान थालेको छ । अर्कोतर्फ, उमेरले पनि अप्ठ्या’रोमा छन् । उनलाई बढ्दो जनआ’क्रोश र युवाहरुको उदयसँगै चुनौ’तीका कारण अबको चुनाव सजिलो छैन ।
दुई पटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ पटक संसदको चुनाव लडेकामा एकपटक मात्र पराजय भोगे । उनी प्रधानमन्त्री भइसकेपछि भने चुनाव हारेका छैनन् । ७० कटेका ओलीले पार्टीको विधान नै परिवर्तन गरी अध्यक्ष बने ।
तर, संसदको चुनाव उनका लागि चुनौ’तीपूर्ण छ । झापा गृहक्षेत्र भएका ओलीलाई युवा उम्मेदवारहरुको चुनौती हुन सक्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शान्ति प्रक्रियापछि तीनपटक चुनाव लडे । उनी एकपटक काठमाडौंबाट परा’जित भए तर सिराहाबाट जितेर संसदमा पुग्न सके ।
२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डको चुनावी क्षेत्र चितवन हो । तर, उनलाई पनि चुनाव चुनौ’तीपूर्ण छ । ७० टेक्न लागेका प्रचण्डले आफूलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिरहेका छन् । यसकारण पनि उनका लागि अबको चुनाव चुनौ’तीपूर्ण बन्नसक्छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि पूर्वप्रधानमन्त्री हुन् । प्रधानमन्त्री हुनु अघि यी दुई नेता विगतमा चुनाव हारेको इतिहास छ । तर, प्रधानमन्त्री भएपछि हारेका छैनन् ।
माधव नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने चर्चा छ । उनले ध्यान पनि उतै केन्द्रित गरेका छन् । तर, माधव नेपालका लागि चुनाव सजिलो छैन ।
झलनाथ खनालका लागि पनि इलामको चुनाव सजिलो छैन । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एसको इलाममा मजबुत स्थिति देखिदैन । गठबन्धनमा तलमाथि भएमा खनाललाई चुनाव कठिन हुनसक्छ ।
माओवादी छाडेर समाजवादी सिद्धान्तमा चलेको भन्दै आएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई गोरखाबाट तीनपटक चुनाव जितिसकेका छ । एकपटक भने उनी गोरखा र रुपन्देहीबाट चुनाव ल’ड्दा रुपन्देहीबाट पराजित भएका थिए । बाबुराम समाजवादी केन्द्र बनाउने अभियानमा छन् ।
उनले नेपाल समाजवादी पार्टी गठन समेत गरेका छन् । पटक पटक पार्टी परिवर्तन गरेकाले बाबुरामलाई फेरि गोरखाबाट चुनाव जित्न कठिन छ । प्रधानमन्त्री भइसकेका नेताले राज्य सञ्चालनको अनुभव मात्र सँगालेको हुँदनन् शक्तिको जोहो पनि गरिसकेका हुन्छन् ।
यसकारण पनि उनीहरुका लागि चुनाव जित्ने शक्ति रहन्छ । तर, नेपाली राजनीतिमा धेरै पूर्वप्रधानमन्त्रीहरु जिवित रहनु, अधिकांश वृद्धभक्ता खाने उमेरका भइसक्नुले नयाँ पीढीमा उनीहरुप्रतिको क्रेज घटेको छ । यसकारण पनि उनीहरुका लागि यसपटकको चुनाव चुनौ-तीपूर्ण देखिएको छ ।दैनिक न्युज नेपाल