२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

नारायण खड्का प’रराष्ट्रमन्त्री बन्नेबित्तिकै अमेरिका जाँदै !

काठमाडौं : पराष्ट्रमन्त्रीको शपथ ग्र’हण गरेर कार्यभार सम्हालेलगत्तै कांग्रेस सांसद डा नारायण खड्का न्यूयोर्क जानु हुने भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसको सत्ता गठबन्धनको भएको बैठकले खड्कालाई मन्त्री बनाउने निर्णय गरेको छ । खड्कालाई बुधबार बिहान नि’युक्त गरिने स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ खुवाउनु हुने छ । त्यसपछि उहाँले कार्यभार सम्हाल्नु हुने छ ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीले नेपाली टोलीको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने निर्णय गरेको थियो ।

त्यसैले सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा•खड्कालाई परराष्ट्रमन्त्री तत्काल नि’युक्त गर्ने सहमति भएको थियो ।

उक्त महासभामा भाग लिन खड्का न्यूयोर्क जानु हुने भएको हो । मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान बताइएको छ । महासभालाई नेपालको तर्फबाट खड्काले नै सम्बोधन गर्नुहुने छ। – न्यु’ज 24 ने’पालबाट ।

२०७८ आश्विन ६, बुधबार प्रकाशित 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।