२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

सुजाता कोइराला आफ्नै दाईलाई हराएर देउवालाई सभापती बनाएको फल यसरी भोग्दै !

साउन ८, काठमाडौ : नेपाली काग्रेसको १४ औँ महाधिवेशनमा आफ्नै दाई शेखर कोइरालालाई चुनाव हराएर प्रकाशमान सिंहको पछि दौडिएर शेरबहादुर देउवालाई सभापती बनाउँन जोडतोडले लागेकी सुजाता कोइरालाको हरिबिजोग भएको छ ।

काग्रेसको महाधिवेशन सकिएको ६ महिनामै अवस्था यस्तो सम्म आइपुगेको छ की अहिले सुजाता कोइरालाको फोन काग्रेस सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा त के देउवाका पिएले समेत उठाउँन छोडेका छन्।

देउवाका स्वकिय सचिव भानु देउवाले समेत फोन उठाउँन छोडे पछि कोइराला मिडियामा रोइलो गर्न थालेकी छिन् । त्यसबेला देउवाले देखाएको मन्त्रीको लोभमा आफ्नै दाई शेखर कोइरालालाई हराएर देउवालाई जिताउँन सुजाताले भूमिका खेलेकि थिइन् । निर्णायक अवस्थामा सुजाता र प्रकाशमान सिंह देउवा तिर लागेर शेखर कोइरालाई धोका दिएका थिए ।

अहिले नत देउवाले मन्त्री दिए नत सुजताको कुनै वास्तापास्तानै देउवाले गरेका छन् । मण्डिखाटारमा बस्ने सुजाताका लागी बालुवाटारको दुरी धेरै टाढा भएको छ ।

प्रकाशमान सिंह मात्रै होइन सुजाता कोइराला पनि देउवालाई जिताउँनु पर्छ भनेर लागेकी थिइन् । आफ्नो दाजु शेखर कोइराला सभापतीको उमेदवार बनिरहेको बेला दुनिँयालाई हँसाउँदै सुजाता कोइराला देउवा तिर लागेकी थिइन् । त्यो बेला देउवा तिर लाग्नुको परिणाम अहिले सिंह र कोइराला दुवैले भोगिरहेका छन् ।

रोचक कुरा त के छ भने भने देउवालाई सभापती बनाउँन न्वारन देखीको बल लगाएका प्रकाशमान सिंह र सुजाता कोइराला दुवै अहिले धिक्कार मान्ने अवस्थामा पुगेका छन् । ६ महिनामै देउवाले वास्तापास्ता गर्न छोडे पछि सिंह र कोइराला दुवै देउवाको विरुद्ध बोल्न थालेका छन् ।

स्थानिय तहको निर्वाचनमा श्रीमती सिर्जना सिंहलाई देउवालाई सघाए बापतनै काठमाडाँै महानगरपालिकाको मेयरको टिकट दिलाउँन सफल भएका प्रकाशमान एकातिर श्रीमतीले चुनाव हारेको रनामा छन् भने अर्को तिर आसन्न निर्वाचनमा आफ्नो समेत हार हुने होकी भन्ने कुराले उनी पिरोलिएका छन् । सिंहले अहिले देउवाको आलोचना गर्न थालेका छन् ।

केहि दिन अघि बसेको काग्रेसको केन्द्रिय कार्य समितीको बैठकमा सिंहले सरकारको चर्को आलोचना गरेका थिए । सरकारको काम गराइको तरिका ठिक नभएको भन्दै सिंहले चुनावमा जाँदा के भनेर जनतासँग जाने भन्दै प्रश्न समेत गरेका थिए । चुनावमा निको चाला नदेखिए पछि सिंह निर्वाचन क्षेत्रमा सक्रिय बन्न थालेका छन् ।

यता गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाको पीडा फेरी अर्कैै छ देउवाले त के देउवाका पीएले पनि फोन उठाउँन छोडे पछि उनी रोइलो गर्न थालेकी छिन् । आफ्नै दाईलाई हराएर शेरबहादुरलाई सभापती बनाउँदाको परिणाम उनले भोगीरहेकी छिन् ।

सुजाताले त्यस बेला देउवाले आफुलाई मन्त्री बनाउँछु भनेर बचन दिएर अहिले धोका दिएको गुनासो सार्वजनिक रुपमै गरेकि छिन् । सुजाताकै कुरा अनुसार देउवाले मन्त्रीको पासो देखाए पछि आफ्नै दाईलाई हराएर देउवालाई सभापती बनाउँन उनी लागेकी थिइन् ।

अहिले अब मलाई मन्त्री चाहिएन भन्दै देउवासँग घुर्कि लगाएर सुजाताले मिडियाबाजी गरिरहेकी छिन् तर अब ढिलो भैसकेको छ । प्रकाशमान र सुजाताले शेरबहादुर देउवाको विरोध गर्न थाले पछि सुन्नेहरुले भने हासिँमजाक गर्न थालेका छन् ।ओटिभी नेपालमा समाचार छ ।

२०७९ श्रावण ८, आईतवार प्रकाशित 0 Minutes 393 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।