
असार १९, काठमाडौं : नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् ।
गएको असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्कासन गरेका हुन्। निर्वाचन आयोगमा दर्ता नभएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी)
र आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आ-रोप लगाउँदै संयोजक गौतमलाई निष्कासन गरेको छ । शनिबार काठमाडौंको सतुंगलस्थित बसेको चार शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्का’सन गर्दै सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन पनि गरेको छ ।
सदस्यतर्फ कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन् ।
वामदेललाई लगाइएको आ’रोप
१.सांगठनिक अराज’कता, निर’ङकुश, ताना’शाही शैली, चरम अवस’रवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको ।
२.अहं’कारवादी सोच र एकलौटी निर्णय गरिएको ।
३. जालझेल, छलछाम, षड्य’न्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको ।
४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरु’पयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको ।
५. सम्पुर्ण बामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो नि’र्धारित उद्धेश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।