२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

नेपाल एमालेका पुर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दै !

नेपाल एमालेका पुर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दै !

असार १४, काठमाण्डाै : नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्न लाग्नुभएको छ । आज दिउँसो ३ बजे काठमाण्डौको भृकुटीमण्डपमा कार्यक्रम

गरी नयाँ दलको घोषणा गर्ने तयारी भएको हो । राष्ट्रिय सभाका सांसद रहनुभएका गौतम नेपालका वामपन्थी दलहरुको एकै ठाउँमा ल्याउन अभियान चलाउँदै आउनु भएको थियो ।

गएको शनिबार भएको राष्ट्रिय भेलाले पार्टी गठन गर्ने निर्णय गरेको प्रचार संयोजक निमकान्त पाण्डेले बताउनु भएको छ ।
६९ सदस्यीय केन्द्रीय कमिटीमा गौतम अध्यक्ष र डिबी

कार्की सचिव रहेको पाण्डेल जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन आयोगमा दल दर्ता गरी चुनावी प्रक्रियामा पनि अघि बढ्ने तयारी भएको छ ।

२०७९ असार १४, मंगलवार प्रकाशित 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार