२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

युवराज ज्ञवाली भन्छन् – माधव नेपाललाई विगतमा साथ दिएकोमा लज्जित छु ।

असार १३, काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माधव नेपाललाई विगतमा साथ दिएकोमा ल-ज्जित भएको बताएका छन् ।

एमाले, माओवादी र समाजवादी पार्टीहरु अलग बस्नुको कुनै अर्थ नभएको र मिलेर जानु पर्ने अवस्था भएको बताएका छन् । उनले भने, एमालेलाई विभाजित गरेर अर्को पार्टी विभाजित गरेर जानु कुनै औचित्य छैन ।

कुनै मतलब छैन । त्यो टिक्दा पनि टिक्दैन । चल्दैन एमालेलाई कमजोर मात्र पार्न सक्छ । माधव नेपालले इतिहासमा भयनक ठुलो ग-ल्ति गरेको र अहिले कांग्रेसलाई पहिलो पार्टी बनाउन लागेकोले अहिले मिल्ने सम्भावान नभएको उनले बताए ।

माओवादीले गठबन्धन छोड्यो भने एकता हुने र एमालेले एक्लै बहुमत ल्याउँने गरी आन्तरिक रुपमा तयारीमा जुटन आवश्यकता भएको बताएका छन् । आउने चुनाव एमालेले नै जितेर बहुमत ल्याउने र वाम पन्थी एकता गरेर जादा

कम्युनिष्टहरुको सानदार बहुमत आउने सुनिश्चत भएको उनको भनाई छ । नेकपा एमालेले वाम पन्थी तालमेलाई ढोका बन्द नगर्ने र अहिले चाहि एमाले एक्लै बहुमत ल्याउने तयारीका साथ अगाडी बढ्ने कसैको भर पेरर आश नगरी एक्लै जाने बताएका छन् ।

उनले भने– उहाँले अलग पार्टी बनाएर गएको एक वर्ष पनि बितेको छैन । हालत कस्तो छ ? भन्ने कुरो चाही लाज लाग्ने भइसक्यो । धारे हात होईन यो एक वर्ष पुगेको छैन ।

त्यो पार्टी हो कि के हो ? यसलाई पार्टीको रुपमा बुझने स्थिति छ । अब यति पनि चलाउन नस्कने अवस्था धारे हात उहाँले आफैले आफैलाई लगाउनु भाको हामीले किन धारे हात लगाउने ? उनले भने । दैनिक न्युज नेपाल

२०७९ असार १३, सोमबार प्रकाशित 1 Minute 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।