२०७९ असार १५ बुधबार
  • काठमाडौँ

दुई दर्जन नेपाली कांग्रेस नेताहरू राप्रपामा प्रवेश !

असार ५, काठमाडौं : नेपाली कांग्रेस बीपीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस बीपीका उपाध्यक्ष सुदर्शन सिटौला,

सहमहामन्त्री दीपक कार्कीसहित केन्द्रीय नेताहरूलाई राप्रपामा प्रवेश गराएका हुन् । साथै केन्द्रीय सदस्यहरु गोपाल श्रेष्ठ, ध्रुव थापा, झविन्द्रराज आचार्य, गोपाल सापकोटा, सीता बस्नेत, सुशीलकुमार कार्की, विनोद हमाल, प्रकाश ज्ञवाली,

लोकबहादुर कार्कीलगायत दुई दर्जन नेताहरू राप्रपामा प्रवेश गरेका छन् । त्यस्तै नेपाली कांग्रेस धुलिखेलका नेता इन्जिनियर रञ्जीब श्रेष्ठलगायतका व्यक्तित्वहरु राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले नवप्रवेशीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश र धर्म जोगाउने राप्रपाको अभियानमा समाहित हुने सबैको जीवनको सर्वोत्तम निर्णय भएको र राप्रपाप्रतिको विश्वासलाई पश्चातापमा बदल्ने दिन कहिल्यै आउन नदिने बताए ।

२०७९ असार ५, आईतवार प्रकाशित 0 Minutes 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार