२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

कर्मचारीलाई ओलीको सुझाव- ‘कसैले घुस दियो भने खान्न भन्नुस्’ !

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारी संगठनका कर्मचारीहरुलाई कसैले घुस दियो भने खान्न भन्नुपर्ने सुझाव दिएका छन् ।

शनिबार बबरमहलमा ‘नेपाल निजामती कर्मचारी संगठनको’ आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निजामती कर्मचारी सेवामुखी भएको र कसैले घुस दिएमा खान्न भन्नुपर्ने उनले सुझाव दिए ।

उनले भने, ‘कसैले घुस खुवाउन दियो भने खान्न भन्नुस् । सरकारको तलब खाएको छु, भ्रष्टाचार गर्दिन भन्नुस् ।’अध्यक्ष ओलीले माओवादीनिकट कर्मचारी माओवादी छाडेर एमालेमा आएका संगठनका उपाध्यक्ष अम्बिका धमलासहित एक सय जना केन्द्रीय सदस्यलाई धन्यवाद दिए ।

माओवादीबाट एमालेमा प्रवेश गरेका निजामती कर्मचारीहरु बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टनिकट हुन् । बादलसहित अन्य नेताहरु माओवादीबाट छुट्टिएर एमालेमा समाहित भए पनि कर्मचारी संगठन समाहित भएको थिएन ।तर, शनिवार आयोजित निजामति कर्मचारी संगठनको भेलाबाट उनीहरुलाई समाहित गरिएको छ ।

२०७८ आश्विन २, शनिबार प्रकाशित 1 Minute 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।