२०७९ असार १५ बुधबार
  • काठमाडौँ

कमल थापा भन्नुहुन्छ – हामी चुनाव नजित्नुको कारण एमाले हो ।

जेठ ९, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा नेकपा एमालेसँगको सहकार्य आफ्नो पार्टीका निम्ति परिणा-ममुखी बन्न नसकेको निष्कर्ष निकालेका छन् ।

यो चुनावको अनुभवबाट पाठ सिकेर आगामी संसदीय चुनावको तयारी गर्नुपर्नेमा उनको जोड छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले कुनै महत्त्वाकाङ्क्षा र अपेक्षाबिना स्थानीय चुनावमा भाग लिएको बताएका छन् ।

‘पार्टी खडा भएको छोटो अवधिमा नै चुनावमा जानुपर्ने वाध्यात्मक अवस्था थियो । हामी चुनावमा भाग नलिन पनि सक्थ्यौँ, तर चुनाव बहि-ष्कार गर्दा गलत सन्देश जान्थ्यो,’ थापाको प्रतिवेदनमा भनिएको छ ।

राप्रपा नेपालले सांकेतिक रूपमा चुनावमा भाग लिएको तर, त्यो पनि परिणाममुखी हुन नसकेको उनले बताएका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘चुनावमा हामीले नेकपा (एमाले) सँग सहकार्य गर्ने निर्णय ग-र्यौँ ।

व्यवहारिक र रणनीतिक रूपमा ठिक भएता पनि नेकपा (एमाले)को उदासीनताको कारण स्थानीय स्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन सकेन । यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ ।’

राप्रपा नेपालले निकट भविष्यमा नै हिन्दू राष्ट्र पुनः स्थापनाको निम्ति देशव्यापी सशक्त अभियान थाल्ने थापाले बताएका छन् । सकेसम्म सर्वपक्षीय राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधन गरी पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र पुनः स्थापना गर्न प्रयास गरिने उनको भनाइ छ ।

‘त्यस्तो सहमति जुट्न नसकेको अवस्थामा संविधान प्रदत्त अधिकार अनुरूप ‘धर्मनि-रपेक्षता वा हिन्दूराष्ट्र’ भन्ने विषयमा जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरियोस् भन्ने माग सहित राप्रपा नेपालले जनसंघर्ष गर्नेछ ।’ प्रतिवेदनमा भनिएको छ । दैनिक न्युज नेपाल

२०७९ जेष्ठ ९, सोमबार प्रकाशित 1 Minute 191 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार