२०७८ माघ ९ आईतवार
  • काठमाडौँ

माओवादीका कार्यकर्तालाई ओलीको प्रश्न ‘तपाईंहरू पार्टीको कार्यकर्ता कि प्रचण्डको सेवक ?’

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका कार्यकर्तालाई एमालेमा आउन आह्वान गरेका छन् ।

बिहीबार (आज) काठमाडौंमा आयोजित एमाले जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले माओवादीका कार्यकर्तालाई ‘पार्टीको कार्यकर्ता कि प्रचण्डको सेवक ?’ भन्दै एमालेमा आउन आह्वान गरेका हुन् ।

उनले भनेका छन्, ‘हिजो हामी नेकपा भएर एकीकृत भइसक्यौं । तपाईंहरू पार्टीको कार्यकता हो कि प्रचण्डको घरेलु कार्यकर्ता ? प्रचण्डलाई घाँस हालेर के दिन्छन् ? मन्त्री दिन्छु भन्थे, अहिले त त्यो पनि दिन छाडे । दुई महिना भइसक्यो अहिले मन्त्री पनि बनाएको छैन ।’

उनले फेरि भने, ‘माओवादी केन्द्रमा प्रचण्डका साथमा जो हुनुहुन्छ । उहाँहरूलाई पार्टीमा फर्किन म आग्रह गर्न चाहान्छु । यो एकीकृत पार्टी हो ।’

त्यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उडिरहेको जहाजसँग तुलना गर्दै भनेका छन्, ‘प्रचण्डरूपी यत्रो जहाज उडेको, अलिक पर जाँदा विस्तारै देख्न छोडिन्छ ।’

२०७८ भाद्र ३१, बिहीबार प्रकाशित 0 Minutes 79 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार