
काठमाडौं : माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका युवा नेतालाई प्रहरीले प’क्राउ गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टी निकट ‘केन्द्रीय पिपुल्स भोलेन्टियर’ काठमाडौंका जिल्ला अध्यक्ष रुकुमको सिस्ने गाउँपालिका-५ घर भएका अर्जुन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
बुढाथोकीलाई बै’ङ्किङ क’सुर मु’द्दामा प’क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो ।बुढाथोकीले दिएको ८० लाखको चेक बा’उन्स भएको भन्दै पी’डितले प्रहरीमा जा’हेरी दिएपछि उनलाई टोखा नगरपालिका धापासीबाट प’क्राउ गरिएको हो ।बुढाथोकीले दरबारमार्गमा रहेको रोयल क्या’सिनोमा फ्लस टेबलमा ल’गानी गरेको बताइएको छ ।त्यस्तै एउटै जग्गा २ जनालाई बिक्री गर्न
खोजेर करिब ६९ लाख रुपैयाँ ठ’गी गरेको ओरोपमा महानगरीय प्रहरी अ’पराध महाशाखाले सुनसरीको धरान नगरपालिका–९ घर भइ काठमाडौं बस्दै आएका ३६ वर्षीय रुसिल कटुवाललाई प’क्राउ गरेको छ ।युवा संघकी पूर्व अध्यक्ष निरुपालको धर्म भाई समेत रहेका रुमेश कट्वाललाई महानगरीय प्रहरी अ’पराध महासाखाले पक्राउ गरेको हो ।
तर, उनको वास्तविक नाम भने रुसिल कटुवाल रहेको प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।पक्राउ परेका कट्वाल पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र महेश बस्नेतसँग समेत निकट रहेका छन् । उनि युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य रहेका छन । पक्राउ परेका कटुवाल र मोरङ केराबारी गाउँपालिका–६ घर भएका धिरज दाहालले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ का उद्धवप्रसाद
अधिकारीलाई जग्गा किनिदिने भनेर ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको पाइएपछि पक्राउ गरिएको महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए। दाहालको मोरङ केराबारीमा रहेको जग्गा अधिकारीलाई बेच्ने भन्दै उनीबाट ६८ लाख ९० हजार रुपैयाँ लिएपछि उनीहरु सम्पर्कबिहिन भएका थिए।
जग्गा पास नभएपछि मापलोत कार्यालय मोरङमा गएर बु’झ्दा बैना गरिएको उक्त जग्गा अन्य व्यक्तिले नै किनिसकेको पाइएपछि अधिकारीले आफू ठ’गिएको भन्दै अपराध प्रहरीमा उ’जुरी दिएका थिए।अधिकारीको उ’जुरीका आधारमा कटुवाल पक्राउ परे पनि दाहाल भने फ’रार रहेका छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।