२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

आगामी चुनावमा माओवादी केन्द्रले वडा पनि नजित्ने एमाले अध्यक्ष ओलीको दाबी !

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा माओवादी केन्द्रले वडा पनि नजित्ने दाबी गरेका छन् ।

बुधबार बुटवलमा आयोजित सभामा उनले यसअघि आफ्नो पार्टीले सहयोग गरेर केही सिट जितेको भन्दै अब वडा पनि नजित्ने दावी गरेका हुन् ।त्यस्तै ओलीले अघिल्लो चुनावमा आफूले औँला दिँदा अहिलेको अवस्थामा आएका माओवादीलाई अबको चुनावमा आफूले हात पनि नदेखाउने बताए

नेता नेपालतिर लागेर सही ठाउँमा नपुगिने भन्दै ओलीले एमालेमा फर्कन कार्यकर्तालाई आग्रह गरे ।ओलीले एमालेबाट बिग्रिएर गएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा कांग्रेस पुगेको टिप्पणी पनि गरे ।

उनले अहिलेको सरकार आउने चुनावसम्म टिक्न मुस्किल हुने दाबी गर्दै चुनावसम्म अहिलेको ‘सरकार टिकोस्’ भन्ने ‘कामना’ गरेको जि’किर गरे ।त्यस्तै उनले एमाले नेतृत्वको सरकारले मुलुकको बिकासका लागि धेरै काम गरेको भन्दै अहिलेको सरकारले सिन्को पनि भाच्न नसकेको टिप्पणी गरे ।

२०७८ भाद्र ३०, बुधबार प्रकाशित 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।