२०७९ असार २३ बिहीबार
  • काठमाडौँ

प्रचण्डले भने-‘कार्यकर्ता होइन हामी नै बिग्रेका रहेछौँ ’ !

६काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता, कार्यकर्ता कोही नभएर माओवादी पार्टीका शीर्ष नेताहरु बिग्रिएको स्वीकार गरेका छन् ।

मंगलबार पेरिसडाँडामा पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवस बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका शीर्ष नेताहरु बिग्रिएको तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रा’न्तिकारी आन्दोलनका लागि तयार रहेको बताए ।

उनले भने, ‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

साथै, पार्टीमा क्रा’न्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि रहेको उनले बताए । उनका अुनसार क्रा’न्तिका लागि लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन् ।

अध्यक्ष प्रचण्डले क्रान्तिकारी पार्टीमा नराम्रोसँग विचलन आएको पनि बताएका छन् । उनले भने, ‘हामी हिजोका विरासतबाट वि’चलित जस्तो भएका छौँ । वर्ग, उ’त्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ ।’

पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको पनि उनले बताएका छन् । ‘अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका लागि लगाव धेरै देखिएको छ,’ उनले भने, ‘गुट बनाउनतिर बढी जाँगर आउने, पार्टी बनाउने भन्दा गुट बनाउँदा फाइदा हुन्छ कि भन्ने सोच्ने प्रवृत्तिको बिस्तारै बिस्तारै विकास भएको छ ।’

२०७८ भाद्र ३०, बुधबार प्रकाशित 1 Minute 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार