२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

आजदेखि सरकारी खर्च राेकियाे, कर उठाउन पाउने !

काठमाडौं : प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजदेखि सरकारी खर्च राेकिएको छ ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको अ’वरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस र्गनुभएको

वि’नियोजन विधेयक–२०७८ प्रस्ताव पारित भए पनि संशोधित बजेट पास गर्ने काम भने अल्झिएको छ ।संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार आज बुधबार समयावधि सकिँदैछ। संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

जसका कारण आजदेखि चालू आवका लागि विनियोजित बजेट निष्क्रिय भएको हाे ।सरकारले राजस्व भने उठाउन पाउने छ । समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च रोकिए पनि कर भने उठ्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

सरकारलाई एकदमै समस्या परे सरकारी कार्यालयहरूले सापटी र धरौटीमार्फत आकस्मिक खर्च गर्न सक्छन् । अब सरकारलाई को’भिड–१९ म’हामारी उपचारमा भइरहेका प्रयासमा केही दिन खर्च गर्ने काममा बाधा पर्न सक्नेछ ।

प्रतिनिधिसभा विघटन भएकैबेला तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश विद्येयकमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याउनु भएको थियो ।

गत २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा वि’घटन बदर गरेसँगै पुनः वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २५ भदौमा १६ खर्ब ३२ अर्बको संशोधित नयाँ बजेट ल्याउनु भएको छ ।

२०७८ भाद्र ३०, बुधबार प्रकाशित 1 Minute 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।