
काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आ’रोप लगाएका छन् ।
धनगढीस्थित कैलालीको पार्टी कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।त्यस्तै उनले १० बुँदे कार्यान्वयन भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको बताउँदै
एकताबद्ध भएर अगाडि बढ्न सबै नेता कार्यकर्तालाई आह्वान पनि गरेका छन् ।उनले भनेका छन्, ‘एमालेबाट उछिट्टिएर भ्रममा परेर जानुभएका व्यक्तिहरु र हाल एमालेमै रहेका कमरेडहरुलाई आह्वान गर्न चाहन्छु, विगतको कुरा बिर्सिदिनुस् ।
सबै एकताबद्ध भएर अगाडिको गन्तव्य हेर्नुस् । स्थानीय चुनाव र आम चुनाव हेरौं । स्वदेशी, विदेशी षड्यन्त्रलाई चकनाचुर पार्न एमालेमा फर्किन सकिन्छ ।’ त्यस्तै नेता रावलले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको दाबी पनि गरेका छन् । अहिले आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा काम गरिरहेको पनि उनको भनाइ छ ।