२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

थुतुनाेभरि रौँ भएको मुसाले धान खायाे, रौँ नभएको भ्यागुताे कारवाहीमा पर्याे – केपि ओलि

चैत २७, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अस्वस्थ राजनीतिक प्रतिस्प’र्धा भइरहेको टिप्पणी गरेका छन् ।

शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दैअध्यक्ष ओलीले सरकारका पछिल्ला गतिविधिहरुप्रति क’टाक्ष गरे ।

उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति असन्तु’ष्टिसमेत व्यक्त गरेका छन् । अध्यक्ष ओलीले अर्थतन्त्र ध्वस्त पार्ने अर्थमन्त्री जनार्दन शर्मा तर कारवाहीमा पर्ने गभर्नर भन्दै आप’त्ति जनाए ।

मन्त्री शर्माप्रति व्याङ्ग्य गर्दै उनले भने, ‘थुतुनाभरि रौँ भएको मुसाले धान खायो । एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्‍¥यो। धान खाने मुसो । चो’ट खाने भ्यागुतो । त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पा¥र्‍यो, ध्व’स्त पा¥र्‍यो।’

अध्यक्ष ओलीले देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको आरोप समेत लगाएका छन् । उनले निर्वाचन, आयोग र सभामुखप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । साथै निर्वाचन आयोग निष्पक्ष निष्पक्ष चल्नु पर्ने बताए ।

वर्तमान अवस्थामा आयोग सत्ता पक्षको दबावमा रहन बाध्य भएको आ’रोप लगाए । राष्ट्र बैंकका गभर्नर अधिकारीलाई शुक्रबार बसेकाे मन्त्रिपरिषद बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो । गभर्नरमाथि छा’नबिन गर्न समिति पनि गठन गरिएकाे छ ।

२०७८ चैत्र २७, आईतवार प्रकाशित 1 Minute 281 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार