२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

राप्रपा र विवेकशिल साझा एकीकरणको तयारीमा !

चैत १२, काठमाडौं : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिरहेको बेला ‘नयाँ बैकल्पिक शक्ति निर्माणका लागी’ भन्दै हिडेको रबिन्द्र मिश्रको नेतृत्वको विवेकशिल

साझा पार्टी, राजतन्त्रको वकालत गर्दै जनआ’न्दोलनका उपलब्धी हरुलाइ नै संसोधनको अजेन्डा बोकेर हिडेको राप्रपा संग एकीकरण गर्ने अन्तिम तयारीमा जुटेको छ । पार्टी नै दाउ मा राखेर `विचार भन्दा माथी देश ´भन्ने नारा अघि सारेर

हालको ब्यबस्था भन्दा फरक ढंगले अघि बढ्ने आफ्नो एजेन्डा अनुमोदन गराएपछी मिश्र अब राप्रपा संग को एकता नजिक पुगेका छन । राप्रपा संग एकता अब प्राविधिक रुपमा मात्रै बाकी रहेको दुबै दलका नेताहरूले बताएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमसेर राणा

तथा विवेकशिल साझाका अध्यक्ष रबिन्द्र मिश्र लगायतका नेताहरु पछिल्लो समय नियमित छलफलमा छन् । सिद्धान्त र आगामि कार्यदिशामा वि’वाद नरहे पनि पर्तिको नाम र चुनाब चिन्ह के हुने भन्ने प्राविधिक विषयले मात्रै एकता घो’षणा

बाकी रहेको दुबै पक्षका नेताहरूले बताएका छन् ।
राप्रपाले नाम `राप्रपा´ नै र चुनाव चिन्ह `हलो नै हुनुपर्ने अडान राखिरहेको छ भने विवेकशिल साझाले साझा पार्टीको पनि पहिचान झल्काउने गरि नयाँ नाम राख्नुपर्ने र चुनाब चिन्ह पनि तराजु हुनुपर्ने प्रस्ताब राखेको छ ।

राप्रपाले राजतन्त्र पुनर्स्थापना र हिन्दु राज्यको एजेन्डा अघि सारेको छ भने प्रत्यक्ष निर्वाचित कर्यकारी प्रधानमन्त्री , कल्याणकारी लोकतन्त्र , संसदबाट निर्वाचित गैर दलिय ख्याती प्राप्त ब्यक्ति रास्ट्रपति बन्ने कुरा अगाडि सारेको छ ।

२०७८ चैत्र १२, शनिबार प्रकाशित 1 Minute 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।